यसरी गर्नुहोस् JFT Exam को तयारी ढुक्क पास हुनुहुन्छ । JFT Exam preparation

 



Jft exam को लागि तयारी के के गर्ने??

-- सबै भन्दा पहिला meaning कत्तिको आउँछ त्यसमा ध्यान दिनु 

-- कम्तीमा पनि lesson 35 सम्म को meaning एकदम राम्रो संग याद गर्नु 

-- अनि त्यसपछि grammar check गर्नु आउँदैन भने आउँदैन भनेर चुप लागेर न बस्नुहोस्, Revision गर्नुहोस्, 1 पटक ले भएन 2,3 पटक गर्नुहोस् YouTube मा best भन्दा नी best teacher छन् 

-- अनि conversation र expressions को आउँदैन भन्ने डर हुन्छ meaning र grammar राम्रो संग याद गरेर revision गर्नु भयो भने साथी संग बसेर हरेक lesson को 練習(Exercise) C लाई राम्रो संग practice गर्नुहोस् अनि YouTube तिर model नी हेर्दै गर्नुहोस् 

-- यो सबै सक्नु भयो?? अब listening को कसरी गर्ने हुन्छ, सबै meaning राम्रो संग याद छन् भने YouTube मा listening सुन्दै त्यो सुनेको कुरा लाई लेख्ने प्रयास गर्नुहोस् केही दिन सम्म अनि अझै Listening support गर्न Irodori को कम्तीमा 10 lesson सम्मको meaning पढ्नुहोस् 

-- अब Reading को समस्या हुन्छ meaning धेरै याद छन् भने बुझ्न त सकिन्छ तर कसरी पढ्ने हुन्छ त्यसको लागि khanji राम्रो संग याद गर्नुहोस् न पढेर हो पढ्ने बानी लाग्यो भने meaning याद गर्न भन्दा सजिलो khanji याद गर्न हुन्छ, Khanji याद गर्दा Kun र Om गरेर base बाट पढ्नुहोस् एकै चोटी khanji word मा जाँदा सिक्न गारो हुन्छ, Marugoto मा भएको marugoto को khanji याद गर्न भन्दा basic 320 याद गर्नुहोस् यसरी छिटो र धेरै khanji सिकिन्छ बस् सुरुवात मा समय लाग्छ


कति सम्म पढ्नु पर्छ??

-- Minna no nihongo को कम्तीमा lesson 25 सम्मको grammar clearly 

-- Minna no Nihongo को lesson 35 सम्म meaning clearly 

-- Irodori को lesson 10 सम्मको clearly 


के jft preparation class लिनै पर्ने हो, class नलिएर pass हुँदैन??

-- आरामले सकिन्छ मेहेनत आफ्नो हुन् पर्यो, आफूले आफैलाई झुट बोल्न भएन 

-- जून मेहेनत हजुरले अरूलाई पैसा दिए पछि गर्न सक्नु हुन्छ के त्यो मेहेनत आफै गर्न सक्नु हुन्न? यो प्रश्न हजुर हरू लाई!!

-- Minna No Nihongo 50 lesson सम्म मात्र पढेको ले पनि 250 मा 240 सम्म लिएर आएको देखेको छू र त्यही फेरि Irodori Marugoto सबै पढेको नी fail भएको देखेको छु 

यो सबै हजुर मा भर पर्ने कुरा हो कत्तिको मेहेनत गर्नु भयो, Guidance कस्तो पाउनु भयो, 

-- जसले जे सुकै भनोस् तर राम्रो संग पढ्ने हो भने jft जत्तिको सजिलो कुनै exam नै छैन होला राम्रो संग पढ्नु भएको छ मैले माथि भनेको सबै कुरा मा अब्बल हुनुहुन्छ भने 1 घण्टा को exam सक्न 30 minute पनि लाग्दैन 

Note::-- पढ्ने 100 जना हुन्छन् त्यसमा 10 जना pass गराउन सफल हुन्छन् र त्यही 10 को प्रचार गर्छन् जता पढे नी आफूले मेहेनत गर्न सकेन भने 100% fail नै हुन्छ चाहे संसार कै best teacher किन न होस् पढाउने, मेरो भनाइ यत्ति हो नी अरूलाई पैसा दिएर आफूले मेहेनत गर्न सक्नु हुन्छ भने कसैलाई केही पनि न दिएर दिनको 4-5 घण्टा आरामले पढ्नुहोस् 

खोज्न सक्नु पर्यो google र YouTube मा न भेटिने केही छैन 

शुभकामन ❣️❣️

Post a Comment

0 Comments