यसरि भयो जापानिज भाषा सिक्ने इच्छा ।

 


जापानीज भाषा पढ्ने सोच मेरो एक्कासि बनेको सोच थियो । म र मेरो परिवार खेत मा काम गर्दै थियौ । त्यतिकैमा बैनी ले जापान को कुरा निकालिन् । जापान कामको लागि र बस्न काे लागि पनि एकदम ठीक भएको कुरा मैले थाहा पाएँ । त्यसपछी म अझ जान्न उत्सुक भए र मैले अरू के के हुन्छ जापान गएर भनेर बैनी लाई सोधे । उसले iphone सस्तो पाइन्छ रे भनी त्यो सुनेर त म हुरुक्कै भए । त्यसपछी म पनि जापानिज भाषा सिकेर जापान जान्छु भनेर अर्को दिन देखि नै जापानिज कक्षा join भए ।


जापानिज भाषा को बेसिक कुराहरु शिक्षक ले बताउनु भयो । सुनेर अचम्म लाग्यो, जापानिज भाषा मा तीन वटा भाषा लिपि हुँदो रैछन । हिरागाना, काताकाना र खान्जी यति धेरै पढ्नुपर्ने रहेछ । बोल्न र लेख्न दुवै गाह्रो हुँदो रहेछ, तर पनि केही समय को मिहिनेत पछि हिरागाना र काताकाना लेख्न र भन्न जानियो । त्यसपछि vocabulary हरू पढ्न लागियो । Vocabulary पढन पनि कहा सजिलो थियो र सबै word हरु घोकेर सुनाउनु पर्थ्यो।
अहिले पनि निरन्तर भाषा सिक्दै छु । अहिले बल्ल 10 lesion सम्म पुगेको छु । तर साँच्चै भन्दा पढ्न अल्छी मान्ने हरुको लागि जापानिज भाषा निकै अप्ठ्यारो छ । अझै COE आउन बाँकी छ र जापान गएपछि फेरि भाषा पढ्नु पर्छ रे । सबै जापानिज भाषा सिक्ने विद्यार्थी साथीभाइ लाई मिहिनेत गरेर पढेर जापान जानको लागि शुभकमना व्यक्त गर्दछु।

Post a Comment

0 Comments